आइतबार थप ५१ जनामा कोरोना सङ्क्रमण

Sep 25th, 2022

काठमाडौं, ९ असोज

आइतबार थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार २४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९९ हजार ५७५ पुगेको छ ।

हालसम्म ५९ लाख ३१ हजार ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २२३ रहेको छ ।

थप १०० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १०० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८६ हजार ३३५ पुगेको छ ।