तोलामा १००० ले घट्यो सुनको मूल्य

Sep 25th, 2022

काठमाडौं ,९ असोज

आज ​सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ९२ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले घटेर ९१ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले घटेर ९१ हजार ३०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९२ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।