• गृहपृष्ठ
  • अनशनरत डा.गोविन्द केसी र सरकारबीच सहमति ,अनसन तोडिने

अनशनरत डा.गोविन्द केसी र सरकारबीच सहमति ,अनसन तोडिने

Sep 24th, 2022

काठमाडौँ ८ असोज

सरकार र आमरण अनशनरत डा.गोविन्द केसीबीच सहमति भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार मागसहित २० औँ सत्याग्रह गरिररहेका डा. गोविन्द केसी र र सरकारबीच शनीबार सहमति भएको हो।

सहमतिमा हस्ताक्षर भएपछि शनिबार अनशन तोड्ने छन् । डा.केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।

ड.। केसीले देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पतालरस्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका थिए। यसैगरी २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग थियो।