• गृहपृष्ठ
  • पञ्चेश्वरी बचत तथा ऋण सहकारी संस्था नवौं साधारण सभा सम्पन्न

पञ्चेश्वरी बचत तथा ऋण सहकारी संस्था नवौं साधारण सभा सम्पन्न

Sep 24th, 2022

ललितपुर ,असोज ८

पञ्चेश्वरी बचत तथा ऋण सहकारी संस्थाले नवौं साधारण सभा सम्पन्न गरेको छ । ललितपुर जिल्ला बचत सहकारी संघका अध्यक्ष रामहरी बजगाईले अब सहकारी ऋण लगानी गर्नु भन्दा ऋण उठाउन तिर लाग्नु पर्ने बेला आएको बताए ।

विशेष अतिथिहरु राष्ट्रिय सहकारी बैंक अन्तर्गत महालक्ष्मी नगरपालिका शाखा प्रवन्धक अनुजा सैंजु, महालक्ष्मी नगरपालिका वडा नं. ५का वडा अध्यक्ष कपिल के.सी लगायत अतिथिहरुमा अतिथिहरुमा महालक्ष्मी नगरपालिका पूर्व नगर प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, यस संस्थाका सल्लाहकार तथा सामाजिक व्यक्तित्व लक्ष्मी ज्योती बज्राचार्य, कानूनी परामर्शदाता प्रेम अधिकारी पूर्व महालक्ष्मी नगरपालिका वडा नं. ५ वडा अध्यक्ष राजकुमार शिल्वाल लगायतका उपस्थित रहेका थिए । संस्थाका कोषाध्यक्ष निरञ्जन बुढायोकी संस्थाको निक्षेप २,५४,६०,५१३.७२ संकलन गर्न सफल भएको जानकारी गराए ।