• गृहपृष्ठ
  • बालकोट बचत तथा ऋण सहकारी संस्था को २१ औं साधारण सभा सम्पन्न

बालकोट बचत तथा ऋण सहकारी संस्था को २१ औं साधारण सभा सम्पन्न

Sep 24th, 2022

भक्तपुर ८, असोज

बालकोट बचत तथा ऋण सहकारी संस्थाले २१ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाको जेष्ठ सदस्य तथा समाज सेवी रोहित वहादुर राना क्षेत्रीको प्रमुख आतिथ्यतामा भएका थियोे ।

अतिथिहरुमा भक्तपुर जिल्ला बचत संघका कोषाध्यक्ष बालमुकुन्द उपाध्याय, मैत्रीय साकोसका कोषाध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बालकोटका सभापति दिवाकर सिल्वाल, चमेली कल्याणकारी साकोसका अध्यक्ष प्रमोद घिमिरे, लायन्स क्लब बालकोटका सदस्य धर्म भक्त श्रेष्ठ, सिर्जना साकोसका उपाध्यक्ष रत्नलाल श्रेष्ठ, आपसी मेलमिलाप साकोसका कोषाध्यक्ष लक्ष्मी कृष्ण श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नंं. २ का वडा प्रतिनिधि कल्पना खतिवडा, बालकोट साकोसका लेखा सुपरिवेक्ष्यण समितिका सदस्य संयोजक सरु पौडेल लगायतको उपस्थितिमा भएको थियो । कोषाध्यक्ष जयराज पौडेलका अनुसार आगामी वर्ष २०८० सम्ममा संस्थाको निक्षेप ५७ करोड पु¥याउने लक्ष्य लिएको जानकारी गराए । सभाको सभापतित्व निरोज कार्कीले गरेका थिए ।