• गृहपृष्ठ
  • नगरवासीको उपचारमा सकृय सूर्यविनायक नगर अस्पताल

नगरवासीको उपचारमा सकृय सूर्यविनायक नगर अस्पताल

Sep 21st, 2022

भक्तपुर ५ असोज

भक्तपुर स्थित सूर्यविनायक नगरपालिकाले पाँच महिना अघि प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालबाट धेरै स्थानीय लाभान्वित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको थियो ।

पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले देशभर ३९६ वटा अस्पताल एकैपटक शिलान्यास गर्दा शिलान्यास गरिएको यस अस्पताल नगरपालिकाको रकम र सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट सञ्चालनमा ल्याइएको सूूर्यविनायक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको अनुसार नगरपालिकाको रु आठ करोड र सांसद विकास कोषको रु ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शय्याको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शय्या थपको स्वीकृति लिएर ५० शय्या हुँदै १०० शय्यासम्म पुर्‍याउने लक्ष्य रहेको छ । ।नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउने भएको छ ।

अस्पतालले सञ्चालनमा आएकै मितीदेखि बिरामी राखेर उपचार गरी सेवा सुरु गरेको तथा अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रेलगायत आवश्यक सबै सेवा दिने गरी व्यवस्थापन गरेको वताइएको छ । नगरपालिकाले दधिकोटस्थित नगर अस्पतालमा रहेका चिकित्सकसहितको टोली, विभिन्न वडामा रहेका स्वास्थ्य चौकीका अतिरिक्त स्वास्थ्यकर्मी, नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गरिएको हो ।

अस्पतालमा २४सै घण्टा सेवा सञ्चालन हुने र अरनिको राजमार्गसँगै जोडिएको हुनाले नगरवासीका साथै भक्तपुर काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेकाकोसमेत छिटो, सहज एवं सुलभ उपचार हुने भएकोले सो अस्पताल निकै उपयोगी भएको उपचार गर्न आएका जगातीका राम श्रेष्ठले वताए ।