तोलामा ५०० ले घट्यो सुनको मूल्य

Sep 21st, 2022

काठमाडौं ,५ असोज

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९१ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले घटेर ९१ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले घटेर ९० हजार ८०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।