• गृहपृष्ठ
  • डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघ्यो

डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघ्यो

Sep 20th, 2022

काठमाडौं ४ असोज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको जनाएको छ । अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको र हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ ।मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ ।

यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।