तोलामा ४०० ले बढ्यो सुनको मूल्य

Sep 20th, 2022

काठमाडौं, ४ असोज

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ४०० ले बढेर ९१ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ४०० ले बढेर ९१ हजार ३०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९० हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु एक हजार १८० तोकिएको महासङ्घले जनाएको छ ।