तोलामा ४०० ले घट्यो सुनको मूल्य

Sep 19th, 2022

काठमाडौं ३ असोज

आज ​पनि सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९१ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ४०० ले घटेर ९१ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ४०० ले घटेर ९० हजार ९०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १७५ तोकिएको महासङ्घले जनाएको छ ।