मेस्सीको गोलमा पीएसजीको जित

Sep 19th, 2022

काठमाडौं, ३ असोज

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन लियोनल मेस्सीले निर्णायक गोल गरे।मेस्सीले खेलको पाँचौं मिनेटमा नेयमारको पासमा गोल गरेका हुन्।

जितसँगै पीएसजीले आठ खेलबाट २२ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित लियोनको आठ खेलबाट १३ अंक छ र तालिकाको छैटौं स्थानमा छ ।