तोलामा ३०० ले बढ्यो सुनको मूल्य

Sep 18th, 2022

काठमाडौं, २ असोज

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९१ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले बढेर ९१ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले बढेर ९१ हजार ३०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९१ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ ।