तोलामा १००० ले घट्यो सुनको मूल्य

Sep 16th, 2022

काठमाडौं, ३१ भदौ

आज ​पनि सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले घटेर ९१ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले घटेर ९१ हजारमा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९२ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।