• गृहपृष्ठ
  • युरोपा लिग फुटबलमा युनाईटेडको पहिलो जित

युरोपा लिग फुटबलमा युनाईटेडको पहिलो जित

Sep 16th, 2022

काठमाडौं, ३१ भदौ

म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ ।बिहीबार राति समूह चरण अन्तर्गत भएको खेलमा युनाईटेडले एफसी सेरिफलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे।

खेलको १७ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

जितसँगै समूह (ई) मा रहेको युनाईटेडले पहिलो जित निकालेको छ ।युनाईटेडले दुई खेलबाट तीन अंक जोडेको छ र समूहको दोस्रो स्थानमा छ । पराजित एफसी सेरिफको पनि दुई खेलबाट तीन अंक छ तर समूहको तेस्रो स्थानमा छ ।