तोलामा ३०० ले घट्यो सुनको मूल्य

Sep 15th, 2022

काठमाडौं, ३० भदौ

आज ​सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९२ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९२ हजारमा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९२ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु एक हजार १८० तोकिएको महासङ्घले जनाएको छ ।