पीएसजीको लगातार दोस्रो जित

Sep 15th, 2022

काठमाडौं, ३० भदौ

च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित निकालेको छ ।बुधबार राति समूह चरण अन्तर्गत भएको खेलमा पीएसजीले मक्काबी हाइफालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन लिओनेल मेस्सी,केलियन एमबाप्पे र नेमारले एक एक गोल गरे। मक्काबी हाइफाका जारोन चेरीले एक गोल गरे।

खेलमा पहिलो अग्रता मक्काबी हाइफाले लिएको थियो । खेलको २४ औं मिनेटमा मक्काबी हाइफाका जारोन चेरीले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर,खेलको ३७ औं मिनेटमा पीएसजीका लिओनेल मेस्सीले दोस्रो गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।

दोस्रो हाफको ६९ औं मिनेटमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए । त्यसपछि खेलको ८८ औं मिनेटमा पीएसजीका नेमारले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए ।

जितसँगै समूह (एच)मा रहेको पीएसजीले लगातार दोस्रो जित निकालेको छ ।पीएसजीले दुई खेलबाट छ अंक जोडेको छ र समूह (एच) को शीर्ष स्थानमा छ । पराजित मक्काबी हाइफा अंक विहीन पुछारमा छ।