तोलामा ७०० ले घट्यो सुनको मूल्य

Sep 14th, 2022

काठमाडौं, २९ भदौ

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९३ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७०० ले घटेर ९२ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ७०० ले घटेर ९२ हजार ३०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९३ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १७५ तोकिएको महासङ्घले जनाएको छ ।