सलाह र माटिपको गोलमा लिभरपुलको जित

Sep 14th, 2022

काठमाडौं, २८ भदौ

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले पहिलो जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति समूह चरण अन्तर्गत भएको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई २–१ गोलले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र जोएल माटिपले एक-एक गोल गरे।अजाक्सका मोहम्मद कुडुसले एक गोल फर्काए।

खेलको १७ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।२७ औं मिनेटमा अजाक्सका मोहम्मद कुडुसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

तर, खेलको ८९ औं मिनेटमा लिभरपुलका जोएल माटिपले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

जितसँगै समूह (ए) मा रहेको लिभरपुलले दुई खेलबाट तीन अंक जोडेको छ र समूहको दोस्रो स्थानमा छ ।पराजित अजाक्सको पनि दुई खेलबाट तीन अंक छ र तालिकाको तेस्रो स्थानमा छ ।