बार्सिलोनामाथि बायर्नको जित

Sep 14th, 2022

काठमाडौं, २८ भदौ

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले बार्सिलोनामाथि जित निकालेको छ । मंगलबार राति समूह चरण अन्तर्गत भएको खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लेरो सानेले एक एक गोल गरे।

खेलको ५० औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५४ औं मिनेटमा लेरो सानेले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए ।

जितसँगै समूह (सी)मा रहेको बायर्नले दुई खेलबाट छ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित बार्सिलोनाको दुई खेलबाट तीन अंक छ र तालिकाको दोस्रो स्थानमा छ ।