२०३ जनामा कोरोना सङ्क्रमण

Sep 13th, 2022

काठमाडौं, २८ भदौ

मंगलबार थप २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा पाँच हजार ५९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९८ हजार ९५७ पुगेको छ ।

हालसम्म ५९ लाख १२ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ रहेको छ ।

थप १२६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८४ हजार ७१० पुगेको छ ।