तोलामा १०० ले घट्यो सुनको मूल्य

Sep 13th, 2022

काठमाडौं, २८ भदौ

आज ​सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९३ हजार ६०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले घटेर ९३ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले घटेर ९३ हजार १०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९३ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार १५० तोकिएको महासङ्घले जनाएको छ ।