एम्पोलिमाथि रोमाको जित

Sep 13th, 2022

काठमाडौं, २८ भदौ

इटालियन सिरी ए फुटबलमा रोमाले एम्पोलिमाथि जित निकालेको छ । सोमबार राति भएको खेलमा रोमाले एम्पोलिलाई २–१ गोलले पराजित गरेको हो ।

रोमालाई जित दिलाउन पाउलो डिबाला र टमी अब्राहमले एक एक गोल गरे।एम्पोलिका फिलिपो ब्यान्डिनेलीले एक गोल गरे।

खेलको १७ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४३ औं मिनेटमा एम्पोलिका फिलिपो ब्यान्डिनेलीले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

तर,खेलको ७१ औं मिनेटमा रोमाका टमी अब्राहमले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

खेलको ८७ औं मिनेटमा एम्पोलि १० खेलाडीमा समेटिएको थियो ।एम्पोलिका जीन-डानीले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र रोमाले जित निकालेको हो ।

जितसँगै रोमाले छ खेलबाट १३ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा छ ।पराजित एम्पोलिको छ खेलबाट चार अंक छ र तालिकाको १६औं स्थानमा छ ।