१०४ जनामा कोरोना सङ्क्रमण

Sep 11th, 2022

आधारभूमि संवाददाता
काठमाडौं, २६ भदौ

आइतबार थप १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार ५८७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९८ हजार ७४३ पुगेको छ ।

हालसम्म ५९ लाख आठ हजार ३६९ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ३१६ रहेको छ ।

थप २०१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८४ हजार ४१३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।