• गृहपृष्ठ
  • जन प्रतिनिधिका कारण कृष्ण मन्दिर चाङ्गाथली सडक कालो पत्रे गर्न ढिलो : जनतालाई सास्ती ठेकेदारलाई मस्ती

जन प्रतिनिधिका कारण कृष्ण मन्दिर चाङ्गाथली सडक कालो पत्रे गर्न ढिलो : जनतालाई सास्ती ठेकेदारलाई मस्ती

Sep 11th, 2022

आधारभूमि संवाददाता
ललितपुर ,भाद्र २६


ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ र ५ हुदै भक्तपुरको बालकोट–सिरुटार–लुभू जोड्ने सडक बेवारिसी असुरक्षित सडक जस्तै भएको छ । सडक बेवारिसी असुरक्षित हुनुको मुख्य कारण हो महालक्ष्मी नगरपालिका जन निर्वाचित जनप्रतिनिधिहरmले चासो नदेखाउनु जनताले निक्कै सास्ती र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको छन् । सो कालो पत्रे गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी के. सी. जे.भी./महर्जन एण्ड महर्जन जे.भि. ले ०७८ साउनमै ठेक्का सम्झौता गरी काम गर्न आलटाल गरि रहने र कहिले सम्पर्क विहिन हुने गरेको महालक्ष्मीे नगरपालिका कर्मचारी सरोज श्रेष्ठ बताउछन् ।

यस विषयमा महालक्ष्मी नगरपालिका वडा नं. ७ वडा अध्यक्ष बाबु राजा महर्जन भन्छन् हामी बैशाखमा निर्वाचित भएर आए देखि नै ताकेता गर्दा गर्दा के.सी. एण्ड के. सीे. जे.भि.ले आजैबाट काम गर्न थालेको अब १ महिनाभित्र कालो पत्रे हुने आधारभूमिलाई जानकारी गराए । त्यस्तै महालक्ष्मी वडा नंं. वडा अध्यक्ष कपिल के.सी. का अनुसार ठेक्का अवधि बाँकी भएको र कालो पत्रे गर्ने काम भै रहेको अब एक महिना भित्र सडक कालो पत्रे भै सक्ने बताए । महर्जन एण्ड महर्जन जे. भि.का संचालक रोशन महर्जनका अनुसार पानी प¥येकोले काम गर्न ढिलो भएको बताए ।