• गृहपृष्ठ
  • संरक्षणको पर्खाइमा लुभूका पोखरी र ढुङ्गेधाराहरु

संरक्षणको पर्खाइमा लुभूका पोखरी र ढुङ्गेधाराहरु

Sep 10th, 2022

आधारभूमि संवाददाता
ललितपुर, २५ भदौ
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ मा रहेका साँस्कृतिक सम्पदामा परेका पोखरीहरु जिर्णोउद्धारको पर्खाइमा परेका छन् । पोखरीको माथि सुनको थालले सजिएको छ भने पोखरी तल कुनै तारबार लगाएको छैन । दैनिक सयौं बच्चा पोखरीको वरिपरि खेल्ने गरेको पोखरीमा डुब्ने खतरा निकै हुदा समेत सम्बन्धित निकायको ध्यान गएको छैन । यस विषयमा महालक्ष्मी वडा नं. ८ का वडा अध्यक्ष विश्वराम श्रेष्ठका अनुसार भ्याली बोर्डले डि.पि.आर. गरेको जानकारी गराए ।

पोखरी मात्र होइन ढुङ्गेधारा पनि पोखरी जस्तै भएको बर्षौ भएको बच्चा डुबेर मर्ने खतरा बढेकोले हालमा अमृतधारा केही समय अधि मात्र नमुना स्कूलका प्रिन्सिपल कैलास कुमार मल्लको पहलमा पानी फाली सफाई गरी बच्चा डुबेर मर्ने खतरा टरेको मल्लले बताए । अन्य पोखरी र ढुङ्गेधारा जिर्णोउद्धार गर्दै जाने स्थानीय समाजसेवी तथा मर्मत सुधार समितिका अध्यक्ष बेन बहादुर श्रेष्ठले आधारभूमिलाई जानकारी गराए ।