१५२ जनामा कोरोना सङ्क्रमण

Sep 9th, 2022

काठमाडौं, २४ भदौ

शुक्रबार थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार २९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९८ हजार ५४२ पुगेको छ ।

हालसम्म ५९ लाख पाँच हजार ५९ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४४८ रहेको छ ।

थप १३३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८४ हजार ८२ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।