तोलामा १०० ले बढ्यो सुनको मूल्य

Sep 9th, 2022

काठमाडौं, २४ भदौ

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९३ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९३ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९३ हजार ४०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९३ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार १५० तोकिएको महासङ्घले जनाएको छ ।