तोलामा ८०० ले बढ्यो सुनको मूल्य

Sep 8th, 2022

काठमाडौं, २३ भदौ

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९३ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले बढेर ९३ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले बढेर ९३ हजार ३०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार १३५ तोकिएको महासङ्घले जनाएको छ ।