• गृहपृष्ठ
  • ५६औं साक्षरता दिवस मनाइदै, ७८ प्रतिशत नागरिक साक्षर

५६औं साक्षरता दिवस मनाइदै, ७८ प्रतिशत नागरिक साक्षर

Sep 8th, 2022

काठमाडौं, २३ भदौ

आज देशभर ५६औं साक्षरता दिवस मनाइदैछ । यस अवसरमा नेपालका १५ वर्षदेखि ६० वर्ष उमेरसमूहका ८५ प्रतिशत जनसंख्या साक्षर बनेका छन् । २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमध्ये समग्रमा ७८ प्रतिशत नागरिक साक्षर रहेका सरकारी तथ्यांक छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने १५ वर्ष देखि ६० वर्ष उमेरसमूहका ८५ प्रतिशत जनसंख्या साक्षर भइसकेका जनाएको छ ।

केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाकाअनुसार देशका ६ वर्ष माथि उमेरका ७८ प्रतिशत जनसंख्या साक्षर भइसकेका छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत र १५ वर्षमाथि उमेर समूहका ५८ प्रतिशत जनसंख्या साक्षर भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

एड्भोटेिरयल

५६औ अन्तर्राष्ट्रिय साक्षरता दिवस२०२२

२०७९ भाद्र २३ (September 8, 2022)

“Transforming literacy learning spaces.”

साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण

१ नेपालमा साक्षरताको विद्यमान अवस्था

क्र. स.विवरणअवस्था
साक्षरता दर
 ६ वर्ष माथि७८%
१५-२४ वर्ष उमेर समुह९२%,
१५ वर्ष माथि५८%
१५-६० वर्ष उमेर समुह८५%
समग्र साक्षरता प्रतिशत७८%
विद्यालयहरु
 जम्मा  ३५६७४
 सामुदायिक२७८१२
 संस्थागत  ६७३२
 परम्परागत११३०
सामुदायिक सिकाइ केन्द्रहरु२१५१
खुला विद्यालयहरु१२१
अनौपचारिक प्रौढ विद्यालयहरु१७१
साक्षर घोषणा भएका जिल्लाहरु६१
साक्षरघोषणा भएका प्रदेशहरु२ (वाग्मती प्रदेश, गण्डकी प्रदेश)
साक्षर घोषणा हुन वाकी जिल्लाहरु१६
 मधेशप्रदेशसप्तरी‚ सिराहा‚धनुषा महोत्तरी‚सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा
 लुम्बिनि प्रदेशकपिलवस्तु
 कर्णाली प्रदेशमुगु‚ जुम्ला‚ हुम्ला कालिकोट‚ डोल्पा
 सुदुरपश्चिम प्रदेशकञ्चनपुर, डोटी
साक्षर घोषणा हुन बाकी स्थानीय तहहरु१७६ वटा

२ साक्षर घोषणा हुन बाँकी स्थानीय तहहरुको विवरण

क्रसप्रदेशजिल्लाजम्मास्थानीय तहघोषणाभएका स्थानीय तहघोषणाहुन वाकी स्थानीय तह
मधेशप्रदेशधनुषा१८१८
बारा१६१६
पर्सा१४१४
रौतहट१८१८
महोत्तरी१५१५
सर्लाही२०२०
सिरहा१७१७
सप्तरी१८१८
लुम्बिनिप्रदेशकपिलवस्तु१०
१०कर्णालीप्रदेशमुगु
११जुम्ला
१२कालिकोट
१३हुम्ला
१४डोल्पा
१५सुदुरपश्चिमप्रदेशकञ्चनपुर
१६डोटी
 जम्मा २००२४१७६
 ३ साक्षर घोषणा भएका जिल्लाहरुको विवरण 
क्र सजिल्लासाक्षरता प्रतिशतसाक्षर जिल्ला घोषणाभएको मिति
सिन्धुपाल्चोक९८२०७१।०३।०२
ललितपुर१००२०७१।०३।०९
पाल्पा१००२०७१।०३।११
धादिङ्ग९८२०७१।०३।२९
मुस्ताङ्ग९६२०७१।०१।३१
स्याङ्गजा९६२०७१।०५।२३
चितवन९८२०७१।०५।२३
अर्घाखाँची९८२०७२।०२।२२
सुर्खेत९६२०७२।०२।२५
१०प्यूठान९८२०७२।०३।२०
११दाङ९७२०७२।०३।२४
१२गुल्मी९६२०७२।०३।२६
१३तनहुँ९६२०७२।०३।२८
१४कास्की९६२०७२।०३।३०
१५नवलपरासीपूर्व९८२०७२।०३।३१
१६नवलपरासीपश्चिम९८२०७२।०३।३१
१७रुपन्देही९८२०७२।०३।३१
१८लम्जुङ्ग९८२०७२।०३।३१
१९पाँचथर९७२०७२।०४।०९
२०नुवाकोट९८२०७२।०५।२२
२१भक्तपुर९७२०७२।०८।२७
२२रोल्पा९६२०७२।०९।०९
२३सल्यान९७२०७२।०९।१४
२४दार्चुला९५२०७२।०९।१५
२५जाजरकोट९५२०७२।११।२८
२६बर्दिया९६२०७२।१२।२८
२७रुकुम९७२०७३।०१।३१
२८रुकुमपूर्व९७२०७३।०१।३१
२९झापा९८२०७३।०२।१७
३०बाग्लुङ्ग९७२०७३।०३।०३
३१दोलखा९५२०७३।०३।१०
३२मकवानपुर९९२०७३।०५।३०
३३रामेछाप९६२०७३।०६।०५
३४धनकुटा९७२०७३।०८।१६
३५ओखलढुङ्गा९९२०७३।०९।१०
३६दैलेख९६२०७३।११।२८
३७मनाङ९७२०७४।०३।२२
३८सिन्धुली९९२०७४।०३।२४
३९इलाम९८२०७४।०३।२८
४०गोरखा९७२०७४।०५।०९
४१म्याग्दी९६२०७४।१०।०८
४२पर्वत९७२०७४।१०।१८
४३रसुवा९६२०७४।१०।२९
४४खोटाङ९७२०७४।११।०२
४५सुनसरी९६२०७४।११।१५
४६तेह्रथुम९६२०७४।१२।२०
४७भोजपुर९६२०७४।१२।२५
४८उदयपुर९५२०७५।११।०५
४९बैतडी९७२०७६।०१।०६
५०डडेल्धुरा९७२०७६।०१।०८
५१मोरङ९७२०७६।०३।२१
५२काभ्रेपलाञ्चोक९६२०७६।११।०७
५३संखुवासभा९६२०७६।११।०९
५४अछाम९६२०७८।०३।२१
५५काठमाण्डौ९७२०७८।०५।०४
५६ताप्लेजुङ्ग९६२०७८।१२।२३
५७बझाङ्ग९६२०७९।०३।०७
५८सोलुखुम्वु९७२०७९।०३।२६
५९कैलाली९६२०७९।०३।२९
६०बाजुरा९७२०७९।०३।३०
६१बाँके९७२०७९।०३।३२
 
  • अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रमहरुः
  • शिक्षा सम्बन्धी विभिन्न लेख रचना समेत समावेशगरी शैक्षिक स्मारिका प्रकाशन गर्ने ।
  • अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा २०७९ भाद्र २३ गते पत्रिकाहरुमा साक्षरता सम्वन्धी विविध गतिविधिहरु र शुभकामना समेत समेटेर साक्षरता विशेषाङ्क२०७९ प्रकाशन गर्ने ।
  • आम सञ्चार माध्यमवाट Talk Show‚परिसम्बाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन  गर्ने ।
  • साक्षरता सम्बन्धि डकुमेन्ट्री, जिङ्गल,PSA आदि उत्पादन तथा विकास गर्ने ।
  • शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा बृक्षारोपण, विरुवा संरक्षण र कार्यालय सरसफाई गर्ने ।
  • साक्षरताका सूचकहरु सहितको सामाग्री विकास गरीसाक्षर घोषणा हुन बांकी जिल्ला तथा स्थानीयतहहरुमा वितरणको व्यवस्था मिलाउने ।
  • राष्ट्रव्यापी रुपमा साक्षरता, निरन्तर शिक्षा र जिवनपर्यन्त सिकाइ सम्वन्धी लोक दोहोरी कार्यक्रम छायाङ्कन गरी प्रसारण गर्ने ।
  • साक्षर घोषणा भएका जिल्लाहरुलाई सम्मान एवम् प्रसंशापत्र वितरण गर्ने ।
  • साक्षरताको क्षेत्रमा काम गर्ने संघ सस्थाहरुसँग वैठकको आयोजना गरी साक्षर स्थानीय तह एवम् साक्षर जिल्ला घोषणा कार्यमा सहयोग गर्न समन्वय एवम् सहजीकरण गर्ने ।
  • अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कार्यक्रमहरुको बारेमा जानकारी दिनको लागि पत्रकारसँगको वैठक तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्नै ।
  • अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमहरु सञ्चालन गर्नको लागि प्रदेश‚जिल्ला तथा स्थानीयतहरुलाई अनुरोध गर्ने ।
  • साक्षरता दिवसको अवसरमा साक्षर स्थानीय तह एवम् साक्षर जिल्ला घोषणाका लागि समन्वय, सहकार्य तथा सहजीकरण गर्ने।
  • २०७९ भाद्र २३ गतेका दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा औपचारिक कार्यक्रम सञ्चालन गरी अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने ।
  • साक्षर नेपाल अभियान कार्यक्रम अन्तर्गत यस बर्षका कार्यक्रमहरुः
  • बाँकी स्थानीय तह तथा जिल्लाहरुलाई साक्षर घोषणा गर्नको लागि लागत साझेदारीतामा आधारित भै प्रस्तावना पत्र तयार गर्न लगाई कार्ययोजना अगाडी बढाईएको ।
  • साक्षर घोषणा हुन बाँकी जिल्ला तथा स्थानीय तहका सरोकारवालहरुसँग अभिमुखीकरण कार्यक्रम रहेको ।
  • साक्षरताका १२ वटा सूचकहरुलाई समावेश गरी सिकाइ सामाग्रीहरु तयारको क्रममा रहेको ।
  • विद्यार्थीहरु परिचालन गरि घर परिवार र समुदायलाई साक्षर बनाउने गरी कार्यक्रम अगाढी वढाईएको ।