इन्टरमाथि बायर्नको जित

Sep 8th, 2022

काठमाडौं, २३ भदौं

च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सुखद सुरुआत गरेको छ ।बुधबार राति समूह चरण अन्तर्गत भएको खेलमा बायर्नले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन लेरो सानेले एक गोल गरे।बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको २५औं मिनेटमा लेरो सानेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ६६औं मिनेटमा इन्टर मिलानका डानिलो डी एम्ब्रोसियोले आत्मघाती गोल गरेपछि बायर्नले २-० को जित निकालेको हो ।

जितसँगै बायर्नले पहिलो खेलमा महत्त्वपूर्ण तीन अंक जोडेको छ । बायर्न समूह (सी) को दोस्रो स्थानमा छ ।