युभेन्ट्समाथि पीएसजीको जित

Sep 7th, 2022

काठमाडौं, २२ भदौं

च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुखद सुरुआत गरेको छ ।मंगलबार राति समूह चरण अन्तर्गत भएको खेलमा पीएसजीले युभेन्ट्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे। युभेन्ट्सका वेस्टन म्याकेनीले एक गोल फर्काए।

खेलको पाँचौं मिनेटमा एमबाप्पेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५३ औं मिनेटमा युभेन्ट्सका वेस्टन म्याकेनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।त्यसपछि बाँकी समयमा कुनै गोल हुन नसकेपछी पीएसजीले जित निकालेको हो ।

जितसँगै पीएसजीले पहिलो खेलमा महत्त्वपूर्ण तीन अंक जोडेको छ । पीएसजी समूह (एच) को शीर्ष स्थानमा छ ।