तोलामा ३०० ले बढ्यो सुनको मूल्य

Sep 6th, 2022

काठमाडौं, २१ भदौ

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९३ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले बढेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले बढेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९३ हजार २०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १२५ तोकिएको महासङ्घले जनाएको छ ।