• गृहपृष्ठ
  • आर्सनलमाथि म्यानचेस्टर युनाईटेडको जित

आर्सनलमाथि म्यानचेस्टर युनाईटेडको जित

Sep 5th, 2022

काठमाडौं, २० भदौं

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन मार्कस रासफोर्डले दुई गोल गरे भने एन्टोनीले एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा आर्सनलका बुकायो साकाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, खेलको ६६ औँ मिनेटमा युनाईटेडका मार्कस रासफोर्डले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ७५ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले छ खेलबाट १२ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा छ ।पराजित आर्सनलको छ खेलबाट १५ अंक छ र तालिकाको शीर्ष स्थानमा छ ।