• गृहपृष्ठ
  • डेगुं संक्रमण बढ्दै, ४ हजार पुगे संक्रमित

डेगुं संक्रमण बढ्दै, ४ हजार पुगे संक्रमित

Sep 4th, 2022

काठमाडौं १९ भदौ

पछिल्ला दिनमा नेपालमा डेंगुको संक्रमण बद्दै छ । भदौ १७ सम्म डेंगी संक्रमितको संख्या चार हजार १०४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुनदेखि अगष्टसम्म सबैभन्दा बढी तीन हजार ९९३ जनामा डेंगी पुष्टी भएको छ ।

यस वर्ष डेंगुु बाट ललितपुर सबैभन्दा धेरै प्रभावित बनेको छ । ललितपुरमा एक हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर बढी संक्रमित देखिनेमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित धादिङ, रुपन्देही, तेह्रथुम, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् ।

महाशाखाका अनुसार हालसम्म ६८ जिल्लाहरुमा एक वा एकभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् । गतवर्षको आँकडाअनुसार डेंगुु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ ।

सन् २०१९ पछि यो वर्ष डेंगी फेरि प्रकोपकै रुपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।

यसअघि, सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगी पुष्टि भएको थिया । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।