तोलामा ६०० ले बढ्यो सुनको मूल्य

Sep 4th, 2022

काठमाडौं, १९ भदौ

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९३ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले बढेर ९३ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६०० ले बढेर ९३ हजार १०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ११० तोकिएको महासङ्घले जनाएको छ ।