• गृहपृष्ठ
  • वेस्ट ह्याममाथि चेल्सीको पुनरागमन जित

वेस्ट ह्याममाथि चेल्सीको पुनरागमन जित

Sep 4th, 2022

काठमाडौं, १९ भदौ

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन बेन चिलवेल र काई हार्ट्जले एक-एक गोल गरे।वेस्ट ह्यामका माइकल एन्टोनियोले एक गोल गरे।

खेलमा पहिलो अग्रता भने वेस्ट ह्यामले लिएको थियो। खेलको ६२ औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको ७६ औँ मिनेटमा चेल्सीका बेन चिलवेलले गोल गर्दे खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८८ औँ मिनेटमा चेल्सीका काई हार्ट्जले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै चेल्सीले छ खेलबाट १० अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा छ। पराजित वेस्ट ह्यामको छ खेलबाट चार अंक छ र १८ औं स्थानमा छ ।