पीएसजीको जितमा एमबाप्पेको दुई गोल

Sep 4th, 2022

काठमाडौं, १९ भदौ

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएयो नान्टेसलाई ३-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे दुई गोल गरे भने नुनो मेन्डेसले एक गोल गरे ।

खेलको १८ औं मिनेटमा एमबाप्पेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। खेलको २४ औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटिएयो थियो।नान्टेसका फाबियोले रातो कार्ड पाउदै मैदानबाट बाहिरीएका थिए ।जसको फाइदा पीएसजीले उठायो ।

दोस्रो हाफको ५४ औं मिनेटमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए। त्यसपछि खेलको ६८ औं मिनेटमा नुनो मेन्डेसले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै पीएसजीले छ खेलबाट १६ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित नान्टेसको छ खेलबाट छ अंक छ र तालिकाको १०औँ स्थानमा छ ।