शुक्रबार थप २०६ जनामा कोरोना सङ्क्रमण

Sep 2nd, 2022

काठमाडौं, १७ भदौं

शुक्रबार थप २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा दुई हजार ८६९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९७ हजार ६६० पुगेको छ ।

हालसम्म ५८ लाख ९३ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८९१ रहेको छ ।

थप ३९८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३९८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८२ हजार ७६४ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।