तोलामा १०० ले घट्यो सुनको मूल्य

Sep 2nd, 2022

काठमाडौं, १७ भदौ

आज पनि ​सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९३ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले घटेर ९३ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले घटेर ९२ हजार ५०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९२ हजार ६०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु एक हजार १०५ तोकिएको महासङ्घले जनाएको छ ।