• गृहपृष्ठ
  • विद्यालय परिसर भित्र व्यापार, पठनपाठनमा अवरोध

विद्यालय परिसर भित्र व्यापार, पठनपाठनमा अवरोध

Sep 1st, 2022

सोलुखुम्बु ,१६ भदौ

सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका २, मा रहेको महेन्द्रोदय उच्च माध्यमिक बिधालय परिसरमा व्यपारीहरुले पसल राखेर सामान बेचिरहेका छन् । विद्यालयसंग सो विद्यालयको सिमाना कहाँ सम्म छ भन्नेमा कुनै विवरण नभएकोले स्थानीय व्यापारीहरुले बिधालय परिसरमा आएर व्यापार गर्न थालेका हुन् ।

बिधालयको आफ्नो मातहत् को निजी जग्गा अन्दाजी २०, रोपनी रहेको छ। बिधालय परिसर सँग जोडिएका स्थानिय तह तथा स्थानीय जनताको निजी घर,पसलहरु छन् । सो विद्यालयमा साप्ताहिक बुधबारे बजार पनि लाग्छ ।

विद्यालय व्यवस्थापन समिती र प्रशासनले भने यस्ता कार्य रोक्न कुनै चासो देखाएको छैन । समितीले बिधालयको आफ्नो निश्चित क्षेत्रफल लाई घेराबन्दि गर्ने भन्दै पटक् पटक् अमिन सँग क्षेत्रफल नापेको भएपनि स्पष्ट सिमाना छुट्याउन सकेको छैन । विद्यलयभित्र व्यापारी पसेपछि बिद्यालयको पठन् पाठन् को स्तर खस्कदै गएको छ । यसप्रति स्थानीय वडाबाट आवस्यक कदम चाल्नुपर्ने देखिन्छ ।

सो विद्यालयमा १, देखि १२, कक्षा सम्मका २१८ जना बिध्यार्थीहरु अध्यनरत छन् भने २, जना कार्यालय सहयोगी सहित १८, जना शिक्षक कर्मचारीहरु कार्यरत छन।