• गृहपृष्ठ
  • प्रभु बैंक र नवरत्र आयुर हेल्थ केयर बिच सम्झौता

प्रभु बैंक र नवरत्र आयुर हेल्थ केयर बिच सम्झौता

Sep 1st, 2022

काठमाडौँ,१६ भदौ

प्रभु बैंक लिमिटेड र त्रिपुरेश्वर स्थित नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा. लि.बिच आज विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्री श्री कृष्ण दवाडी र नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा. लि. का तर्फबाट अध्यक्ष डा. राज किशोर साहद्घारा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त हेल्थ केयर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा.लि. द्धारा सञ्चालित सेवाहरुमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा। लि। मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा. लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । उक्त सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।