तोलामा ९०० ले घट्यो सुनको मूल्य

Sep 1st, 2022

काठमाडौं, १६ भदौ

आज पनि ​सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९४ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ९०० ले घटेर ९३ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ९०० ले घटेर ९२ हजार ६०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार १०० तोकिएको महासङ्घले जनाएको छ ।