• गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

Sep 1st, 2022

काठमाडौं, १६ भदौ

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेमार,केलियन एमबाप्पे र जुआन बर्नाटले एक-एक गोल गरे । खेलको ३७ औं मिनेटमा नेमारले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ९० औं मिनेटमा जुआन बर्नाटले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै पीएसजीले पाँच खेलबाट १३ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित टुलुजको पाँच खेलबाट पाँच अंक छ र तालिकाको १३औँ स्थानमा छ ।