तोलामा ८०० ले घट्यो सुनको मूल्य

Aug 31st, 2022

काठमाडौं, १५ भदौ

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९४ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले घटेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले घटेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १३० तोकिएको महासङ्घले जनाएको छ ।