इन्टर मिलानको सहज जित

Aug 31st, 2022

काठमाडौं, १५ भदौ

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टर मिलानले
क्रेमोनेसेलाई ३–१ गोलले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन जोक्विन कोरिया,निकोलो बारेला र लाउटारो मार्टिनेजले एक एक गोल गरे।क्रेमोनेसेका डेभिड ओकेरेकेले एक गोल गरे।

खेलको १२ औं मिनेटमा जोक्विन कोरियाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए।खेलको ३८ औं मिनेटमा निकोलो बारेलाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफको ७६ औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

खेलको ९० औं मिनेटमा क्रेमोनेसेका डेभिड ओकेरेकेले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र इन्टरले जित निकालेको हो ।

जितसँगै इन्टर मिलानले चार खेलबाट नौ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित क्रेमोनेसे अंक विहीन १९ औं स्थानमा छ ।