चेल्सीमाथि साउथेम्प्टनको जित

Aug 31st, 2022

काठमाडौं, १५ भदौ

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथेम्प्टनले चेल्सीमाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा साउथेम्प्टनले चेल्सीलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा साउथेम्प्टनलाई जित दिलाउन रोमियो लाविया र एडम आर्मस्ट्रङले एक-एक गोल गरे।चेल्सीका रहिम स्टर्लिङले एक गोल गरे।

खेलमा पहिलो अग्रता भने चेल्सीले लिएको थियो। खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको २८ औँ मिनेटमा साउथेम्प्टनका रोमियो लावियाले गोल गर्दे खेल बराबरीमा फर्काए ।

त्यसपछि पहिलो हाफको इन्जुरि समयमा साउथेम्प्टनका एडम आर्मस्ट्रङले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै साउथेम्प्टनले पाँच खेलबाट सात अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ। पराजित चेल्सीको पनि पाँच खेलबाट सात अंक छ र आठौं औं स्थानमा छ ।