थप २२६ जनामा कोरोना सङ्क्रमण

Aug 29th, 2022

काठमाडौं, १२ भदौ

सोमबार थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा चार हजार ११ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९६ हजार ९७९ पुगेको छ ।

हालसम्म ५८ लाख ८६ हजार २६०जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ रहेको छ ।

थप २२३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २२३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८१ हजार ७४४ पुगेको छ ।