नॉटिंघममाथि टोटेनहमको जित

Aug 29th, 2022

काठमाडौं, १३ भदौ

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले नॉटिंघमलाई २–० गोलले पराजित गरेको हो ।

नॉटिंघमको घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।केनले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेका हुन ।

खेलको पाँचौं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ८१ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

जितसँगै टोटेनहमले चार खेलबाट १० अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ । पराजित नॉटिंघमको चार खेलबाट चार अंक छ र १४ औं स्थानमा छ ।