मोनाकोसँग बराबरीमा रोकियो पीएसजी

Aug 29th, 2022

काठमाडौं १३ भदौ

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा पीएसजीको लागि नेमारले एक गोल गरे भने मोनाकोको लागि केभिन भोल्याण्डले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने मोनाकोले लिएको थियो। खेलको २० औँ मिनेटमा केभिन भोल्याण्डले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ७० औँ मिनेटमा पीएसजीका नेमारले पेनाल्टीमा गोल गर्दे खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै पीएसजीले चार खेलबाट १० अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।मोनाकोको चार खेलबाट पाँच अंक छ र तालिकाको १२औँ स्थानमा छ ।