तोलामा ७०० ले घट्यो सुनको मूल्य

Aug 28th, 2022

काठमाडौं, १२ भदौ

आज ​सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ९५ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७०० ले घटेर ९५ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ७०० ले घटेर ९४ हजार ६०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १६० तोकिएको महासङ्घले जनाएको छ ।